विश्वविद्यालयका विद्यार्थीहरु बीच STEAM Materials निर्माण प्रतिस्पर्धाको लागि निवेदनसम्बन्धी सूचना
यसोदा बम शाही
प्रधानाध्यापक
बिमल कुमार शाही
विद्यालय व्यवस्थापन समिति अध्यक्ष
अलि बहादुर शाही
शिक्षक अभिभावक सघ अध्यक्ष
नेपाल आफैमा सानो भूपरिवेष्ठित मुलुक हो जसमा विषयगत चित्रमा अंकित छ ।जसमा नेपाल हाल ७ वटा प्रदेश र ७७ जिल्लामा विभाजित छ । जुन कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लाको हिमा गाँउपालिका वडा नं. ७, कुडु गाँउ विकासको विपन्नतामा हैरानी खोपको सासु अवगत नै छ । त्यसै कारणले गर्दा आजका साना बालबालिका भोलीका देशका कर्णदारलाई शिक्षाको सुनौलो ज्योती दिनका लागि यस गाँउका शिक्षाप्रेमी, भलाद्मीको विशेष पहलवाट यस गाँउमा प्रारम्भिक बाल विकास केन्द्रको जिल्ला शिक्षा कार्यालयवाट पहल गरि ईसिडि को स्थापना २०६३र९र१२ गते गरियो जसको नाम शान्ती बालविकास केन्द्र नामकरण गरियो जसको सहजकर्ता श्रीमती विष्णु शाहीलाईृ नियुतm गरियो । जसको ईसिडि व्यवस्थापन समितिको गठन भयो जसमा अध्क्षय काली बहादुर शाही र सदस्यहरुमा धन बुढा, परेक शाही, हैत बुढा, दल बहादुर बुढा, कबि प्रसाद न्यौपाने, बल बहादुर शाही, सचिव विष्णु शाही ईसिडि व्यवस्थापन समिति निर्माण गरियो र ईसिडि पहल विशेष गरि श्री जनक बहादुर शाहीले गर्नु भएको थियो । पछि ईसिडिको आपःनो भवन नहुँदा गाँउमानै पठनपाठन गर्ने निर्णय गरियो पछि विभिन्न समस्याका कारण सोही ईसिडिलाई श्री अन्नपूर्ण नि.मा.वि. मष्टमाडु सारियो मिति २०६४र८र५ गते विद्यालय स्थापना गर्ने उद्देश्यले मागल गायोनी भन्ने ठाँउमा विद्यालयको ढुस्को लगाउने काम भयो जस्मा ढुस्का यसै गाँउका बृद्ध धन बुढाको हातवाट भयो । के खोज्छस काना आँखा भनेझै विश्व खाद्य कार्यक्रमको कामको लागि खाद्यान्न कार्यक्रम अन्तरगत जुम्ला स्थित सामुदायिक विकास संस्था आई.सि.डि. द्धारा झण्डै ७२ क्विण्टल चामल र ढुवानी स्वरुप ४२,००० नगदबाट तीन कोठे भवन कम्पाउण्ड सहित स्थानीबासीको सक्रियतामा विद्यालय निर्माण गरियो । सो काम २०६५र१०र५ गते सकियो । उतm शान्ति बाल विकास केन्द्रलाई नवनिर्मित भवनमा पठापाठन सुचारु गरेर निजि स्रो तमा २ जना शिक्षक काली बहादुर बुढा र श्रीमती यशोदा बमलाई नियतm गरियो र सो विद्यालयको नाम गाँउकै ठुलो देवता महादेव भएकाले विद्यालयको नाम श्री महादेव प्रा.वि. भनेर नामकरण गरियो ।
विद्यालयको प्रथम वर्षिकोत्सब मानाउने र विद्यालयलाई औपचारिकता दिने उद्देश्यले जनक बहादुर शाही र कालि बुढाको विशेष पहलमा मिति २०६६र१२र७ गते मिति तय गरियो । जसमा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत श्री जीवन बहादुर भण्डारीज्यू लगायत बि.नि. सिंहरज डाँगी, प्रा.स. खडानन्द चौलागाई, कर्ण तिमिल्सेना, स्रोत व्यतिm राम बहादुर चापागाई, टिकाराज न्यौपाने, कमल शाही, सामुदायिक विकास संस्थाका धिरेन्द्र बहादुर शाही, शिक्षक संघ संगठनका शिव प्रसाद पाण्डे, विर्ष बहादुर शाही, मक्क बहादुर बुढाक्षेत्रीको आथित्यमा प्रथम वार्षिक उत्सव मनाईने र शाखा अधिकृत जिवन बहादुर भण्डारीको विशेष जोडमा केही रकम उपलब्ध विद्यालयलाई भयो । त्यो बेलाका विद्यालय व्यवथापन समिति अध्क्षय श्री दल बहादुर बुढा र सदस्य काली बहादुर बुढाको संयुतm नाममा रा.बा. बैँक जुम्लामा खाता संचालन गरियो र कारणबस विद्यालयले औपचारिकता पाउन सकेन पछि गएर २०६८ सालमा एकै चोटी कक्षा २ संचालनको अनुमति जि.शि.का वाट प्राप्त भएर विद्यालयले औपचारिकता प्रदान गरियो । जि.शि.का. जुम्लाबाट नै २०६८ सालमा नयाँ कक्षा कोठा स्थापनाको लागि रु.७,४०,००० रकम प्रप्त भयो र १ व्लक २ कोठे बनाइयो । यस विद्यालयको नाममा साटकाट गर्ने काम कर बहादुर शाहीले गर्नु भएको थियो ।
हिमा गा पा वडा ७ अवस्थित श्री महादेव आधारभुत विद्यालय जिल्लाको सदरमुकाम वाट ४० कि.मी., हिमा गापा देखि २ मीटर. समुदाय देखि ५०० .मी. टाढा रहेको छ । यस विद्यालयको स्थापना २०६६ सालमा यस वडाका समाजसेवी हरु मिलेर गरेका थिए । विद्यालय स्थापनाका लागि यस ठाउमा रहेको सावर्जनीक जग्गा लाई विद्यालयका प्रयोग गर्ने सहमती गरेका थिए । विद्यालय प्रा.वि. कक्षा वाट संचालन छ । साविकक को महावैवाथरखोला गा.वि.स.को वडा नंं ६ मा रहेका यो विद्यालय हाल हिमा गाँउपालिका ७ मा रहेको छ । यस विद्यालयको नाम महालेव आ.वि. रहेको छ । यस विद्यालयको सेवा क्षेत्र हिमा गापा ७ को १०० घरधुरी समेटेको छ । यस विद्यालयमा जम्मा विद्यार्थी १०४ जना रहेका छन । यस विद्यालयको स्थापना काल देखि हाल सम्मका भौतिक संरचनाहरु ४ वटा भवनका १० वटा कोठाहरु रहेका छन । अन्य भौतिक संरचनाहरु हाल भएका ३ वटा भवनहरु जिर्ण छन भने हाल भएका खानेपानी, शौचालयको उचित स्थानमा राम्रो र सबैलाई प्रयोग गर्न सक्ने अवस्थामा नभएकाले यी संरचनाहरुको जोखिम रहेको छ । हाल विद्यालयमा पठनपाठनका लागी आउने विद्यार्थीहरुलाई सडक र शाखा गोरृटो प्रयोग गरेर आउने हुदा दुर्घटना हुन सक्ने संम्भावना छ । यसै गरी समुदाय वाट विद्यालयमा आउदा जादा बाटो को अवस्था जोखिम रहेको छ ।
विद्यालयको नाम : महादेव आधारभुत विद्यालय
स्थापना : २०६६ साल
स्थापना गर्ने ब्यक्ति : समूदाका ब्यत्तिहरु
ठेगाना : हिमा गाँउपालीका ७ माथिकुडु जुम्ला
विद्यालयको क्षेत्रफल : ५ रोपनी
विद्यालयले समेटेका वडा समुदाय : हिमा गा पा ७
विद्यालयले समेटेका घरधुरी : 50
विद्यार्थी संख्या : जम्माः १०४ (छात्र - ६२ छात्र - ४२) अपाङ्गता : १- छात्र १- छात्रा
शिक्षक संख्या : जम्माः ७ जना (५ जना शिक्षक र २ जना शिक्षिका)
चर्पी संख्या : २ वटा
भवन संख्या कोठा संख्या : ४ वटा भवन १० कोठा
खानेपानी : धारा १
पुस्तकालय : छैन
कम्पियुटर सेट : कम्पियुटर इन्जिनिरिङ्ग शिक्षा छैन
शैक्षिक सामाग्रीहरु : छ ब्यवस्थि
कार्यालय कोठा : १ छ ब्यवस्थित
बिद्यालय ब्यवस्थापन समिति : जम्माः ९ जना (महिला- ४ र पुरुष - ५)
विद्यालय सुधार योजना : छ, अध्यावधिक भएको
विद्यालय आईपुग्ने बाटो किसिम्म गा.पा. : कच्ची २ कि मि.
समुदाय देखि : कच्ची बाटो.
विद्यालय प्र.अ. : यसोदा बम शाही
सहभागीतामुलक समावेशी संकटासन्नता क्षमता विश्लेषण (PVCA)
विद्यालय सुधार योजना
वार्षिक पात्रो