नेपाल आफैमा सानो भूपरिवेष्ठित मुलुक हो जसमा विषयगत चित्रमा अंकित छ ।जसमा नेपाल हाल ७ वटा प्रदेश र ७७ जिल्लामा विभाजित छ । जुन कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लाको हिमा गाँउपालिका वडा नं. ७, कुडु गाँउ विकासको विपन्नतामा हैरानी खोपको सासु अवगत नै छ । त्यसै कारणले गर्दा आजका साना बालबालिका भोलीका देशका कर्णदारलाई शिक्षाको सुनौलो ज्योती दिनका लागि यस गाँउका शिक्षाप्रेमी, भलाद्मीको विशेष पहलवाट यस गाँउमा प्रारम्भिक बाल विकास केन्द्रको जिल्ला शिक्षा कार्यालयवाट पहल गरि ईसिडि को स्थापना २०६३र९र१२ गते गरियो जसको नाम शान्ती बालविकास केन्द्र नामकरण गरियो जसको सहजकर्ता श्रीमती विष्णु शाहीलाईृ नियुतm गरियो । जसको ईसिडि व्यवस्थापन समितिको गठन भयो जसमा अध्क्षय काली बहादुर शाही र सदस्यहरुमा धन बुढा, परेक शाही, हैत बुढा, दल बहादुर बुढा, कबि प्रसाद न्यौपाने, बल बहादुर शाही, सचिव विष्णु शाही ईसिडि व्यवस्थापन समिति निर्माण गरियो र ईसिडि पहल विशेष गरि श्री जनक बहादुर शाहीले गर्नु भएको थियो । पछि ईसिडिको आपःनो भवन नहुँदा गाँउमानै पठनपाठन गर्ने निर्णय गरियो पछि विभिन्न समस्याका कारण सोही ईसिडिलाई श्री अन्नपूर्ण नि.मा.वि. मष्टमाडु सारियो मिति २०६४र८र५ गते विद्यालय स्थापना गर्ने उद्देश्यले मागल गायोनी भन्ने ठाँउमा विद्यालयको ढुस्को लगाउने काम भयो जस्मा ढुस्का यसै गाँउका बृद्ध धन बुढाको हातवाट भयो । के खोज्छस काना आँखा भनेझै विश्व खाद्य कार्यक्रमको कामको लागि खाद्यान्न कार्यक्रम अन्तरगत जुम्ला स्थित सामुदायिक विकास संस्था आई.सि.डि. द्धारा झण्डै ७२ क्विण्टल चामल र ढुवानी स्वरुप ४२,००० नगदबाट तीन कोठे भवन कम्पाउण्ड सहित स्थानीबासीको सक्रियतामा विद्यालय निर्माण गरियो । सो काम २०६५र१०र५ गते सकियो । उतm शान्ति बाल विकास केन्द्रलाई नवनिर्मित भवनमा पठापाठन सुचारु गरेर निजि स्रो तमा २ जना शिक्षक काली बहादुर बुढा र श्रीमती यशोदा बमलाई नियतm गरियो र सो विद्यालयको नाम गाँउकै ठुलो देवता महादेव भएकाले विद्यालयको नाम श्री महादेव प्रा.वि. भनेर नामकरण गरियो ।
विद्यालयको प्रथम वर्षिकोत्सब मानाउने र विद्यालयलाई औपचारिकता दिने उद्देश्यले जनक बहादुर शाही र कालि बुढाको विशेष पहलमा मिति २०६६र१२र७ गते मिति तय गरियो । जसमा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत श्री जीवन बहादुर भण्डारीज्यू लगायत बि.नि. सिंहरज डाँगी, प्रा.स. खडानन्द चौलागाई, कर्ण तिमिल्सेना, स्रोत व्यतिm राम बहादुर चापागाई, टिकाराज न्यौपाने, कमल शाही, सामुदायिक विकास संस्थाका धिरेन्द्र बहादुर शाही, शिक्षक संघ संगठनका शिव प्रसाद पाण्डे, विर्ष बहादुर शाही, मक्क बहादुर बुढाक्षेत्रीको आथित्यमा प्रथम वार्षिक उत्सव मनाईने र शाखा अधिकृत जिवन बहादुर भण्डारीको विशेष जोडमा केही रकम उपलब्ध विद्यालयलाई भयो । त्यो बेलाका विद्यालय व्यवथापन समिति अध्क्षय श्री दल बहादुर बुढा र सदस्य काली बहादुर बुढाको संयुतm नाममा रा.बा. बैँक जुम्लामा खाता संचालन गरियो र कारणबस विद्यालयले औपचारिकता पाउन सकेन पछि गएर २०६८ सालमा एकै चोटी कक्षा २ संचालनको अनुमति जि.शि.का वाट प्राप्त भएर विद्यालयले औपचारिकता प्रदान गरियो । जि.शि.का. जुम्लाबाट नै २०६८ सालमा नयाँ कक्षा कोठा स्थापनाको लागि रु.७,४०,००० रकम प्रप्त भयो र १ व्लक २ कोठे बनाइयो । यस विद्यालयको नाममा साटकाट गर्ने काम कर बहादुर शाहीले गर्नु भएको थियो ।
२०६८ साल सम्म पि.सि.एफ. बाट अन्य रकमबाट २ जना शिक्षकलाई त.भ. खुवाउने काम भयो पछि जि.शि.का. बाट २०६८ सालमा विद्यालय कोटा निर्धारण भयो र सो राहत कोटाको निजि स्रोतमा नियुतिm दिउका शिक्षक काली बहादुर बुढालाई राहत कोटामा नियुतिm गरियो भने अर्की शिक्षिका यशोदा बमलाई पि.सि.एफ. मा नियुतिm गरियो २०६९ सालमा विद्यालयमा कार्यालय सहयोगीमा माने बुढालाई नियुतिm गरियो । क्रमश प्रत्येक वर्ष कक्षा बढाउदै जाँदा विद्यालयको आर्थिक अवस्था नाजुक भएको हुनाले शिक्षक संख्या थप गर्न सकिएन । पढाईमा केही क्षेती बेहोर्नु पर्यो । २०७१ सालमा मात्र आएर आम अभिभावक र वि.व्य.स. को निर्णय अनुसार ३ जना शिक्षकहरु सम बहादुर रावत, गंग प्रसाद न्यौपाने र देवीलाल बुढालाई नियुतिm गर्ने कार्य भयो । त्यसपछि राहत कोटामा नियुतिm भएको काली बहादुर बुढाले स्थायी नाम निकाली सुनसरी गईसकेपछि रितm राहत कोटामा शिक्षक सेवा आयोगवाट विस्थापित भई आएका हालका सिँजा गाँउपालिका ३ का सम्झराज धिताल २०७१र५र१६ म जिल्ला शिक्षा कार्यालय जुम्लाले नियुतिm गरि पठाई सकेपछि विद्यालयको शैक्षिक विकास र भौतिक विकासले निरन्तरता पायो । २०७२ साल चैत्रमा गंग न्यौपानेले जागीर छोडी गई सकेपछि यसै गाँउका सूर्य बहादुर शाहीलाई शिक्षकमा नियुतिm गरियो । विद्यालयमा ७ जना स्टाफकोे संख्या रहयोे । तत्पश्चात विद्यालयको का.स. माने बुढाको सशतmता पछि निजका छोरा उपेन्द्र बुढालाई २०७३र१२र९ गते का.स. को रुपमा र पाँच शिक्षक गरि जम्मा ७ जना स्टफ रहेका छन ।
यस विद्यालयमा जिल्ला शिक्षा कार्यालय जुम्लावाट २०७३ सालमा शिक्षक यूनियन जिल्ला अध्यक्ष तथा ने.रा.शि संगठनका अध्यक्ष श्री हरिकृष्ण महतको विशेष जोडमा एउटा ट्रष्टवाला दुई कोठे भवन र अर्को सिलिङ्गवाला दुई कोठे भवन जम्मा २ वटा भवन रहेको छन् भने अर्को नेपाल रेडक्रस सोसाइीवाट प्रप्त ३ कोठे भवन छ भने २ कोठे नेपाली राष्ट्र भाषाको जन्मस्थल मध्यकालिन इतिहासमा मल्ल राजाको वर्षेयामको राजधानी प्राचिन युगमा पाँचपाण्डव र विराट राजाको बासस्थान कर्णाली प्रदेशको ऐतिहाँसिक थलो जुम्ला जिल्ला सिंजा उपत्यकाको कनकासुन्दरी गाउँपालिका वडा नं ७ मा पर्ने सबै भन्दा ठुलो मैदान खिच्चनेमा अवस्थित हालको श्री मालिका माध्यामिक विद्यालय खिच्चने जुम्ला जिल्लाकै शैक्षिक जगतमा एक उदाउदो ताराको रुपमा देखापरेको छ ।
यस विद्यालयको स्थापना हुनुभन्दा पहिले यो विद्यालय भएको ठाउँ विगतको पाण्डुगुफा गाविस र हाल कनकासुन्दरी गाउँपालिका वडा नं ७ को पशु वस्तु चराउने सार्वजनिक स्थलको रुपमा प्रयोग गरियको थियो । यस विद्यालय क्षेत्रभित्र रहेका जनताहरु शिक्षाको उज्यालो बाट बञ्चित भएकाले जनताहरुलाई शिक्षाको ज्योती फैलाउनको निमित्त तत्कालिन अवस्थाका सम्पूर्ण अभिभावक वि व्य स शिक्षक र शिक्षा प्रेमी श्री रतन सिहं कार्की, देवि सिंह कार्की, भक्त बहादुर कार्की, कालि बहादुर घर्ती ,धन बहादुर घर्ती, मन प्रसाद उपाध्याय, गजेन्द्र बहादुर कार्की, नौलाराज कार्की, लुवारे कार्की र मोति सिह कार्की हरुको गहन भूमिकामा र सक्रियतामा वि स २०३६ साल बैशाख २२ गते बाट रानिसैन र देहारपाटा बासिहरुको सक्रिय सहयोग र श्रमदान बाट ६ कोठे भवन निर्माण गरी औपचारिक रुपले प्राथामिक कक्षा संचालन भइ पठनपाठन भएको थियो । यस विद्यालयको नामाकरण स्थापना देखि भगवतीको नाम बाट श्री मालिका प्राथमिक विद्यालय खिच्चने रहन गएको थियो । त्यस अवधिमा प्रथम प्रधानाध्यापक श्री हरिनन्द भट्ट खत्री रहेका थिए । यसरी तत्कालिन अवस्थामा सम्पर्ण अभिभावक वि व्या स शिक्षक र शिक्षा प्रेमीहरुको गहन भूमिका र सक्रियतामा वि. स २०५८ साल श्रावण १६ गते नि.मा.वि कक्षा ६ स्वीस्कृत भइ नि.मा.वि कक्षाहरु संचालन भई पठनपाठन भएको थियो । साथै यस क्षेत्रमा रहेका बुद्धिजीवी र शिक्षा प्रेमीहरुको निरन्तर सहयोगले वि. स २०७१/४/१६ गतेमा माध्यामिक स्तर कक्षा ९ को अस्थायी अनुमती प्राप्त गरी कक्षा संचालन गरिएको छ । साथै यस समय अवधिका प्रधाध्यापकको भूमिकालाई झनै भुल्न सकिदैन । जुम्ला बजार बाट करिब दुई कोष टाढा पर्ने यस विद्यालयको शैक्षिक क्षेत्रमा सदरमुकाममा रहेका विद्यालयहरुलाई समेत उछिन्न सफल भएको छ । यस हुनुको प्रमुख कारण समर्पित शिक्षक लगनशिल विद्यार्थी जिम्मेवार व्यवस्थापन जागरुक समुदाय स्वच्छ र पारदर्शी प्रशासन एवम माथिल्लो निकाय संग सिन्धुको मिलनले सफलको परिणाम हो भन्न सकिन्छ ।
वि स २०५१ सालमा नापि नक्सा हुदा देहारपाटा गाँउका मुखिया श्री प्यारिलाल काँफ्ले ज्यूले दिएको रसिद अनुसार सय विद्यालयले १९,५०० व. मी क्षेत्रफलको जग्गाधनी प्रमाण पुर्जा पाइसकेको छ । जसमा हाल ३०० बोटा स्याऊ र २०० बोटा ओखर रोपिएको छ तर घेरबारको अति राम्रो व्यवस्था गर्न सकि रहेको छैन । हाल यस विद्यालयमा DFID जुम्लाको सहयोगमा वि स २०६२ सालमा रु ७,०१,००० को लागतमा छ कोठा भवन र ओल्ड भिजन जुम्लाको सहयोगमा रु ३,४५,००० को लागतमा तिन कोठा भवन र पाण्डगुफा गावि स को सहयोगमा रु ३,४४,००० को लागतमा दुई कोठा भवन गरी जम्मा ११ कोठाको भवन रहेको छ । भने वि स २०७२ सालमा जिल्ला शिक्षा समन्वय इकाई जुम्लाको १८०,०००० लाख लागतमा दुई कोठा भवन कासाथै वि स २०७४ सालमा जिल्ला शिक्षा समन्वाय इकाई जुम्ला बाट २००,०००० लाख लागतमा दुई कोठाको भवन निर्माण कार्य सम्पन भएको थियो । साथै वि स २०७५ सालमा कर्णाली प्रदेश सरकार बाट ५००,०००० लाख लागतमा छ कोठा प्रदेश नमुना भवन र ५००,०००० लाख लागतमा छ कोठाको भवन निर्माण भएको छ । साथै वि स २०७७ सालमा ८००,०००० लाख लागतमा आवासिय भवन दश कोठा र शौचालय र बाथरुम सहितको भवन निर्माण भयको छ भने वि स २०७८ सालमा ८००,०००० लाख लागतमा विद्यालयको तिन कोठाको भवन निर्माणाधिन अवस्थामा रहेको छ । यस विद्यालयको प्रशस्त क्षेत्रफल भयको कृषियोग्य समथर भू-भाग भएकाले आगामी दिनमा यस विद्यालयमा कृषि प्राविधिक शिक्षा संचालन गर्न सकियमा कृषिमा दक्ष जनशक्ति उत्पादन गरी यस क्षेत्रको कृषिमा आधुनिकिकरण गरी जनताहरुको जिवनस्तर उकास्न सकिन्छ भन्ने हामीहरुको अनुमान छ । यसका निमित्त सम्बन्धित निकायमा पहल गर्ने लक्ष्य राखियको छ
हिमा गा पा वडा ७ अवस्थित श्री महादेव आधारभुत विद्यालय जिल्लाको सदरमुकाम वाट ४० कि.मी., हिमा गापा देखि २ मीटर. समुदाय देखि ५०० .मी. टाढा रहेको छ । यस विद्यालयको स्थापना २०६६ सालमा यस वडाका समाजसेवी हरु मिलेर गरेका थिए । विद्यालय स्थापनाका लागि यस ठाउमा रहेको सावर्जनीक जग्गा लाई विद्यालयका प्रयोग गर्ने सहमती गरेका थिए । विद्यालय प्रा.वि. कक्षा वाट संचालन छ । साविकक को महावैवाथरखोला गा.वि.स.को वडा नंं ६ मा रहेका यो विद्यालय हाल हिमा गाँउपालिका ७ मा रहेको छ । यस विद्यालयको नाम महालेव आ.वि. रहेको छ । यस विद्यालयको सेवा क्षेत्र हिमा गापा ७ को १०० घरधुरी समेटेको छ । यस विद्यालयमा जम्मा विद्यार्थी १०४ जना रहेका छन । यस विद्यालयको स्थापना काल देखि हाल सम्मका भौतिक संरचनाहरु ४ वटा भवनका १० वटा कोठाहरु रहेका छन । अन्य भौतिक संरचनाहरु हाल भएका ३ वटा भवनहरु जिर्ण छन भने हाल भएका खानेपानी, शौचालयको उचित स्थानमा राम्रो र सबैलाई प्रयोग गर्न सक्ने अवस्थामा नभएकाले यी संरचनाहरुको जोखिम रहेको छ । हाल विद्यालयमा पठनपाठनका लागी आउने विद्यार्थीहरुलाई सडक र शाखा गोरृटो प्रयोग गरेर आउने हुदा दुर्घटना हुन सक्ने संम्भावना छ । यसै गरी समुदाय वाट विद्यालयमा आउदा जादा बाटो को अवस्था जोखिम रहेको छ ।
यसै गरी विद्यार्थीहरुलाई पठनपनठन गर्ने उचित खालका विद्यालय भवनहरु नभएका र शौचालय खानेपानीको ब्यवस्थापन भएता पनी आवश्यक पर्ने जति भौतिक संरचना निमार्ण नभएकोले सहज रुपमा पठपाठन गराउन समस्या परेको छ । आगामी दिनहरुमा विद्यालयले आर्थिक अवस्था र भौतिक संरचनाको विकास गर्न सरोकारवाला निकाय संग समन्वय गर्ने विद्यालय विपद् जोखिम न्यूनिकरणलाई मध्य नजर गरी बिद्यालयको योजना तयार गर्नका लागी अगाडी बढेको छ ।
विद्यालयको नाम : महादेव आधारभुत विद्यालय
स्थापना : २०६६ साल
स्थापना गर्ने ब्यक्ति : समूदाका ब्यत्तिहरु
ठेगाना : हिमा गाँउपालीका ७ माथिकुडु जुम्ला
विद्यालयको क्षेत्रफल : ५ रोपनी
विद्यालयले समेटेका वडा समुदाय : हिमा गा पा ७
विद्यालयले समेटेका घरधुरी : 50
विद्यार्थी संख्या : जम्माः १०४ (छात्रः६२ छात्र ः४२) अपाङ्गता १ छात्र १ छात्रा
शिक्षक संख्या : जम्माः ७ जना – ः५जना शिक्षक ः २ जना शिक्षिका)
चर्पी संख्या : २ वटा
भवन संख्या कोठा संख्या : ४ वटा भवन १० कोठा
खानेपानी : धारा १
पुस्तकालय : छैन
कम्पियुटर सेट : कम्पियुटर इन्जिनिरिङ्ग शिक्षा छैन
शैक्षिक सामाग्रीहरु : छ ब्यवस्थि
कार्यालय कोठा : १ छ ब्यवस्थित
बिद्यालय ब्यवस्थापन समिति : जम्माः ९ जना –महिलाः४ पुरुष ः ५)
विद्यालय सुधार योजना : छ अध्यावधिक भएको
विद्यालय आईपुग्ने बाटो किसिम्म गा.पा. : कच्ची २ कि मि.
समुदाय देखि : कच्ची बाटो.
विद्यालय प्र.अ. : यसोदा बम शाही